झापा, २५ माघ : बडिबिल्डिङका अन्तराष्ट्रिय खेलाडी तथा बडी ग्यारेजका सञ्चालक राम दाहालले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
केही दिन अघि भेटघाटका क्रममा खिचिएको एउटा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू रास्वपामा प्रवेश गरेको भनेर भ्रमपूर्ण प्रचार गरिएको दाहाले फेसबुक मार्फत स्पष्ट बनाउनु भएको छ ।
उहाँले उक्त पार्टीमा आफू प्रवेश नगरेको प्रष्ट गर्दै यस प्रकारका भ्रामक समाचारमा विश्वास नगर्न सबैमा अनुरोधसमेत गर्नु भएको छ ।
दाहालले यस्ता आधारहीन प्रचारले अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले सत्यतथ्य बुझ्नु पर्ने बताउनु भयो ।




