सिड्नी। झापाली समाज अस्ट्रेलियाको निर्वतमान नेतृत्वले नव–निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको छ। सिड्नीको ग्रानभिलस्थित रातो घरमा आयोजित एक समारोहबीच पूर्वअध्यक्ष अशोक उप्रेती नेतृत्वको कार्यसमितिले अजय राजवंशी नेतृत्वको नयाँ टिमलाई जिम्मेवारी सुम्पिएको हो।
सो अवसरमा निर्वाचन समितिका तर्फबाट जविन श्रेष्ठ, अशोक ओली र सीताराम घिमिरेले नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। साधारणसभाबाट निर्विरोध रूपमा चयन भएको नयाँ कार्यसमितिले अबको कार्यकालका लागि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा अजय राजवंशी निर्वाचित भएका छन् भने उपाध्यक्षमा मदन धौराली, सचिवमा दीपेन्द्र ओडारी, सहसचिवमा कौशलराज सिटौला र कोषाध्यक्षमा लुना सिवाकोटी चयन भएका छन्। सदस्यहरूमा सन्जीव पराजुली, रोशन धौराली, प्रलाद घिमिरे, अशोक भेटवाल, सहमाल कडरिया, नवीन गौतम, जनक उप्रेती, दीपेन्द्र बुढाथोकी, चन्द्रकुमार ढकाल र अमित श्रेष्ठ रहेका छन्।
नव–निर्वाचित अध्यक्ष राजवंशीले संस्थाप्रति देखाइएको विश्वासप्रति आभार व्यक्त गर्दै झापाको विकास र सामाजिक क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा एनएसडब्लु राज्यका वाणिज्यदूत संजीव शर्माले प्रवासी संस्थाहरूले मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए।
त्यसैगरी झापाली समाजका संरक्षक भवानी ओली, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, उप–संयोजक अरुण ठाकुर, एनआरएनका कोषाध्यक्ष नीजन चौलागाईं, नया अध्यक्ष बीपीन थापा, सामाजिक अभियन्ता केशव जोशी, डा. राजु मानन्धर, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारी, अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिहरू उमेश पोखरेल र भुपाल सिटौला, सुर्खेत समाजका चन्द्रप्रकाश ढकाल, चलचित्र निर्देशक शोभित बस्नेतलगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए।
झापाली समाज अस्ट्रेलिया झापाको विकास र सामाजिक गतिविधिमा सक्रिय संस्थाका रूपमा परिचित छ।



