शुक्रवार, चैत १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

देवराज घिमिरेको पहलमा वर्षौंदेखिको सपना साकार: हर्कलाल मार्ग कालोपत्रे

मङ्गलवार, माघ २७, २०८२

बिर्तामोड, २७ माघ : वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आएका बिर्तामोडस्थित हर्कलाल मार्गका बासिन्दाले बल्ल शान्तिको सास फेर्न पाएका छन् । बिर्तामोडको मुक्तिचोक-भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा रहेको यो सडक कालोपत्रे भएसँगै यस क्षेत्रको मुहार फेरिएको छ भने स्थानीयको दैनिक जीवनमा समेत उत्साह छाएको छ ।

बिहानदेखि बेलुकासम्म उड्ने धुलोले घरभित्रका सिरकसम्म पुरिने सास्ती भोगेका स्थानीयले अहिलेको अवस्थालाई ‘स्वर्गको अनुभव’ भन्दै खुसी व्यक्त गरेका छन् । बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पूर्व देउराली होटलदेखि दक्षिण भद्रपुर मार्ग जोड्ने यो सडकको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको ८ करोड ७२ लाख रुपैयाँ लागतमा ड्रेनसहित ४.१ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब करिब २०० मिटर सडक मात्र कालोपत्रे हुन बाँकी छ, जसका लागि कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेर काम अघि बढाइसकेको छ । ४० फिट चौडा यो सडक बनेपछि ठूला सवारीसाधन र जिल्लाको दक्षिणी क्षेत्र जाने यात्रुहरूका लागि यो मार्ग निकै सहज बनेको छ ।

सडक कालोपत्रे भएपछि स्थानीय व्यवसायी र सर्वसाधारणले वर्षौंदेखिको हैरानीबाट पार पाएको प्रतिक्रिया दिएका छन् । बिर्तामोड-४ मा व्यवसाय गर्दै आएका गमबहादुर मगर भन्छन्, 'पहिले दिनभर धुलोमा पुरिएर बस्नुपर्थ्यो राति सुत्ने ओछ्यानसम्म धुलो पुग्थ्यो । अहिले कालोपत्रे भएपछि हिँडडुल गर्न र घर अगाडि बस्न कुनै समस्या छैन । हर्कलाल गिरीले खोलेको यो बाटो यति राम्रो बन्ला भन्ने त लागेकै थिएन ।'

अर्का व्यवसायी तेजप्रसाद उप्रेतीका अनुसार धुलोका कारण धेरै स्थानीयमा स्वास्थ्य समस्या देखिएको थियो । उनी भन्छन्, 'ती दिनहरू सम्झिँदा अहिले पनि कहाली लाग्छ । धेरै वर्षको प्रयासपछि बल्ल स्वर्ग जस्तो भएको छ । बाँकी रहेको काम पनि तत्कालै सकिनु पर्छ ।'
किराना व्यवसायी हेमप्रसाद नेपालले धुलोका कारण सामानहरू बिक्री गर्नै नमिल्ने अवस्था रहेको स्मरण गर्दै भने, 'सामान जोगाउन दिनभर पानी छर्कनु पर्थ्यो । अहिले ढुक्कले व्यापार गर्न पाइएको छ ।'

यातायातकर्मीहरूको अनुभव पनि उस्तै छ । अटो चालक लीला अधिकारी भन्छन्, 'धुलो र खाल्डाले गर्दा पहिले यहाँ आउनै मन लाग्दैनथ्यो, अहिले सरर यात्रु बोकेर आउन पाइन्छ ।' ठेला चालक हासिम मोहम्मत समिम पनि बाटो चिल्लो भएपछि सामान ओसार्न निकै सजिलो भएको बताउँछन् ।

ऐतिहासिक सन्दर्भ र राजनीतिक पहल
हर्कलाल मार्गको इतिहास वि.सं. २०४८ सालदेखि जोडिएको छ । यस सडकका प्रत्यक्षदर्शी ९० वर्षीय वृद्ध जीवनाथ तिम्सिनाका अनुसार सुरुमा डोरी तानेर बाटो नाप्दा उनी आफैँ सहभागी थिए । 'पहिले महाविजोग थियो, अहिले झलल भएको छ', उनी सम्झिन्छन्, 'अघिल्लो निर्वाचनमा देवराज घिमिरेलाई बाटो बनाउने सर्तमा माला लगाएर जिताएका थियौँ, उनले आफ्नो प्रतिबद्धता पूरा गरे ।'

प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेको विशेष पहलमा यो सडक निर्माण भएको स्थानीय अगुवा राजेन्द्र संग्रौला बताउँछन् । उनी भन्छन्, 'यो सडक निर्माणमा घिमिरेको भूमिका बिर्सन सकिँदैन ।' अर्का अगुवा टेकनाथ नेपालले स्थानीय प्रतिनिधि हुँदाको फाइदा विकासमा देखिने उदाहरण हर्कलाल मार्ग बनेको बताए ।

स्थानीय प्रमिला चौधरी, फर्निचर व्यवसायी नारायण राई र रीता तिम्सिना लगायतले सडक निर्माणले व्यापारिक चहलपहल बढाएको र बालबालिकालाई विद्यालय पुर्‍याउन सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले अब बाँकी रहेको २०० मिटर सडक पनि चाँडै सम्पन्न गर्न सरोकारवालासँग माग गरेका छन् ।
झण्डै तीन दशक लामो प्रतीक्षापछि आधुनिक स्वरूप पाएको हर्कलाल मार्गले बिर्तामोडको सहरी विकास र स्थानीयको जीवनस्तरमा नयाँ आयाम थपेको छ ।

सम्बन्धित खबर