Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
महिला पत्रकारका लागि प्रदेशस्तरिय खोज पत्रकारिता तालिम सुरु
मङ्गलवार, माघ २७, २०८२
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय तीन दिने खोज पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको छ।
नारी सञ्चार गृह झापाको आयोजना तथा टेवा संस्थाको सहयोगमा सञ्चालित यो तालिम माघ २७ गतेदेखि २९ गतेसम्म चल्नेछ।
कार्यक्रमको उद्घाटन सत्र नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले यस्ता तालिमले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने बताउनुभयो।
उहॉंले भन्नुभयो, “यो तालिमपछि तपाईंहरूको कलम थप तिखारिनेछ र समाजका लुकेका विषयवस्तु बाहिर ल्याउन मद्दत पुग्नेछ।”
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोत्स्ना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
अध्यक्ष आचार्यले यो तालिम पत्रकारिता क्षेत्रमा भविष्य खोजिरहेका र क्रियाशील पत्रकारका लागि ‘कोसेढुंगा’ साबित हुने विश्वास व्यक्त गर्नुभयो।
तीन दिनसम्म चल्ने उक्त तालिममा वरिष्ठ पत्रकार बबिता बस्नेत र उमाकान्त खनालले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनुभएको छ।
तालिममा झापा सहित इलाम, पाँचथर, मोरङ र सुनसरी जिल्लाका महिला पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ।
सहभागीहरूलाई खोज पत्रकारिताका आधारभूत सिद्धान्त, रिपोर्टिङका चुनौती र नयाँ प्रविधिबारे प्रयोगात्मक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।