Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा चलचित्र विधेयक पेश गर्दै
बुधवार, माघ २८, २०८२
काठमाडौं, २८ माघ। राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने भएको छ ।
सोही बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको हो । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारित समेत गर्न सभासमक्ष प्रस्तुत गर्न लाग्नुभएको जनाएको छ ।
त्यस्तै, बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको हो ।
त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएको छ।