बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा शिवसताक्षीका एक दम्पतीको एउटै चितामा अन्त्येष्टि

शनिवार, भदौ २३, २०८०

बिर्तामोड । विष सेवन गरेर आत्महत्या गरेका झापा शिवसताक्षीका एक दम्पतीको आज एउटै चितामा अन्त्येष्टि गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो ।
भदौ १९ गते राति तेजप्रसाद र कमलालेसंगै विषादी सेवन गरेका थिए । विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो ।

भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

श्रीमती कमला स्तन क्यान्सर पीडित र श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् ।

सम्बन्धित खबर