Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा शिवसताक्षीका एक दम्पतीको एउटै चितामा अन्त्येष्टि
शनिवार, भदौ २३, २०८०
बिर्तामोड । विष सेवन गरेर आत्महत्या गरेका झापा शिवसताक्षीका एक दम्पतीको आज एउटै चितामा अन्त्येष्टि गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो ।
भदौ १९ गते राति तेजप्रसाद र कमलालेसंगै विषादी सेवन गरेका थिए । विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो ।
भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
श्रीमती कमला स्तन क्यान्सर पीडित र श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् ।