शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

यी फिचरहरुका साथ सार्वजनिक हुंदैछ एप्पल १५ सिरिज

शनिवार, भदौ २३, २०८०

झापा । एप्पलले आफ्नो विशेष वार्षिक कार्यक्रमको घोषणा गरेको छ । क्यालिफोर्नियामा अवस्थित दिग्गज कम्पनी एप्पलले आइफोन सार्वजनिक गर्ने मिति तोकेको छ ।
एप्पलको ‘वान्डरलस्ट’ कार्यक्रम १२ सेप्टेम्बरमा आयोजित गरिनेछ र यसलाई अनलाइन लाइभ स्ट्रिम गरिनेछ । यसै कार्यक्रममा कम्पनीले आफ्नो आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स समावेश हुनेछ । साथै अन्य उत्पादन पनि सार्वजनिक गर्नेछ जसमा एप्पल वाच ९, एप्पल वाच अल्ट्रा २ हुने आशा गरिएको छ ।
यसबाहेक कार्यक्रममा आइओएस १७ र वाचओएस पनि पेस गर्ने सम्भावना छ । यद्यपि, एप्पलको कार्यक्रममा कुन उत्पादन लन्च गरिने भन्ने बारे कम्पनीले कुनै जानकारी भने दिएको छैन ।

यो कार्यक्रममा १२ सेप्टेम्बरमा एप्पल पार्कमा बिहान १० बजे नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ ।
लन्च इभेन्टलाई एप्पल डट कम र एप्पल टिभी एपमा अनलाइन लाइभ स्ट्रिम गरिनेछ । उक्त कार्यक्रममा आइफोन १५ र अन्य भेरियन्टको स्पेसिफिकेसन, डिजाइनका साथै कलर अप्सनबारे विभिन्न अफवाह फैलिसकेको छ ।
यही कारणले आज हामी आइफोन १५ को बारेमा सार्वजनिक भएको अहिलेसम्मको जानकारी समावेश गरेर यो लेख तयार पारेका छौँ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन(१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताएको छ। एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ ।
यसका लागि एप्पलले आगामी आइफोन(१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।
आइफोन(१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेशन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन(१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ।
आइफोन(१५ मा पाँच गुणा बढी अप्टिकल जूममा उपलब्ध हुने बताइएको छ । आइफोनको सबैभन्दा पछिल्लो आइफोन(१४ प्रो म्याक्समा तीनगुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
आइफोन(१५ सिरिजमध्ये आइफोन(१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १।५५ मिलिमिटरको हुने बताइएको छ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि थोरै परिवर्तन हुन बताइएको छ ।
आइफोन(१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेशियो राखिने जसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।

त्यस्तै आइफोन(१५ प्रो सिरिजले अब ईसिम मात्र सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ईसिम मोडलमा पेश गरिएको छ । साथै अब विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा पनि ईसिम र फिजिकल सिम दुवै स्लट उपलब्ध बताइएको छ ।
आइफोन १५ सिरिजसँगै आइफोन १५ प्रो म्याक्सको बारेमा पनि थप जानकारीहरु बाहिर आएका छन् । यस्तो हुनेछ आगामी आइफोन १५ प्रो म्याक्स स्
आइफोन १५ प्रो म्याक्सले हालको आईफोन १४ प्रो म्याक्स जस्तै क्यामेरा र प्रदर्शन प्रविधि प्राप्त गर्नेछ । लीक अनुसार, आइफोन १५ प्रो म्याक्सले आइएमएक्स ८०३ क्यामेरा सेन्सरमा आधारित ४८–मेगापिक्सेल १र१।२८″ क्वाड–बायर क्यामेरा आउने छ, जुन पहिले नै आइफोन १४ प्रो र प्रो म्याक्स मोडेलहरूमा प्रयोग गरिएको थियो । सोनी आइएमएक्स ९०३, १″ सेन्सरमा आधारित नयाँ क्यामेराको अपेक्षा गर्नेहरूलाई यो लीकले निराश पार्न सक्छ ।
डिस्प्लेको बारेमा कुरा गर्दा, आईफोन १५ प्रो म्याक्स हालको जेनरेशन एम १२ ओएलइडी प्यानल टेक्नोलोजीको साथ सार्वजनिक हुनेछ । आगामी आइफोनमा डिस्प्लेको साइज अलि फरक हुने सम्भावना छ ।
रिपोर्टहरूको अनुसार, आईफोन १४ प्रो म्याक्समा दिइएको १६०।७ एमएमको तुलनामा १५९।८ एमएम को कम उचाइ र ७७।६ एमएम को सट्टा ७६।७ एमएम को अलिकति कम चौडाइ हुन सक्छ ।
यस बाहेक, आइफोन १५ प्रो म्याक्सले यूएसबी टाइप सी पोर्ट पाउने पनि रिपोर्टमा बताइएको छ, जुन एप्पलको सामान्य लाइटनिङ पोर्ट भन्दा फरक छ ।

प्रोसेसरको बारेमा कुरा गर्दा, आइफोन १५ प्रो म्याक्सले थ्री न्यानोमिटर प्रक्रियाको साथ एप्प्लबायोनिक चिप पाउने अपेक्षा गरिएको छ ।
यो उन्नत प्रोसेसरले राम्रो गति र दक्षता प्रदान गर्नेछ । आईफोनले ८ जीबी एलपीडिडिआर ५ र्याम प्राप्त गर्नेछ भन्ने पनि लीकबाट खुलासा भएको छ ।
टाइप–सी पोर्ट, ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट।
पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग ९आइफोन १५ प्रो म्याक्सका लागि०। यो १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम क्षमताभन्दा दोब्बर भएको अनुमान।
र्‍याम ६ देखि ८ जीबी।
आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल।
डिस्प्ले बेजल १.५५ एमएम।
आइफोन १५ को मूल्य ७९९ डलर, १५ प्लसको ८९९ डलर, १५ प्रोको १०९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरभन्दा माथि।पछिल्लो भागमा ट्रिपल क्यामेरा र सुधारिएका नयाँ सेन्सरहरू।
अफवाह अनुसार आइफोन १५ र १५ प्रो म्याक्स कलर मिल्दो केबलहरू सँग आउन सक्छ,केबलहरू एशिया बाहिर आउनेछन ।
आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलर।
१५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप। आइफोन १५ र १५ प्लसमा ए१६ बायोनिक चिपसेट जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै आइसकेको छ।
इन्टरनल स्टोरेज १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी तथा १५ र १५ प्लसमा १२८ जीबी, ३५६ बजी र ५१२ जीबी।
आइफोन १५ मा ३८७७ एमएएच, १५ प्लसमा ४९१२ एमएएच, १५ प्रोमा ३६५० एमएएच र १५ प्रो म्यासमा ४८५२ एमएएच क्षमताको ब्याट्री।
एप्पलले सन् २०२० मा नै आइफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो। आइफोन १५ मा पनि त्यो निरन्तर रहने देखिन्छ।

लेखक - संजय पौड्याल

विगत १५ राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना प्रबिधिसँग आबद्ध रहेर प्रथम सहकारी संस्था सूचना प्रबिधिमा आबद्ध हुनुहुन्छ ।

सम्बन्धित खबर