Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारत विजयी
शुक्रवार, फागुन १, २०८२
काठमाडौं, १ फागुनः आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘ए’ को खेलमा भारतले नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
दिल्लीको अरुण जेटली स्टेडियममा बिहीबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो। जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । भारतका इशान किशनले २० बलमा ६१ रन बनाएका थिए।
त्यस्तै, हार्दिक पाण्ड्याले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेलेका हुन् । उनले बलिङमा पनि २र२१ लिएका थिए । त्यस्तै, वरुण चक्रवर्तीले ३ को शानदार प्रदर्शन गरे भने अक्षर पटेल २र२० को उत्कृष्ट बलिङ गरेका थिए । यो जीतसँगै भारतले लगातार दोस्रो जीत हात पारेको छ । समूहमा शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई पराजित गरेको थियो । अब भारतको अर्को खेल पाकिस्तानसँग आइतबार श्रीलंकामा हुने भएको छ ।