Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
प्रेस चौतारी झापाको उपचार कोषलाई पत्रकार निरौलाको सहयोग
शुक्रवार, फागुन १, २०८२
बिर्तामोड, १ फागुन : प्रेस चौतारी नेपाल झापाका सहसचिव रामप्रसाद निरौलाले पत्रकार उपचार सहयोग कोषलाई ११ हजार रुपैयाँ सहयोग गरेका छन् । शुक्रवार चौतारीको बिर्तामोडस्थित कार्यालयमा निरौलाले कोषलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
जन्मदिनको अवसरमा पत्रकार निरौलाले प्रेस चौतारी झापाद्वारा स्थापित उपचार कोषलाई सहयोग रकम उपलब्ध गराएका हुन् । उनले स्वर्गीय आमा हेमकला निरौलाको स्मृतिमा उपचार कोषलाई सहयोग गरेको जानकारी दिए । हरेक वर्ष जन्मोत्सवकलाई विशेष बनाउदै आएका पत्रकार निरौलाले उपचार कोषको संयोजक भीमा शिवाकोटी, चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै कोष वृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्ले, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जन्मदिनको शुभकामना दिदैं कोषमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनाली, सदस्य अस्मिता साँखीको उपस्थिति रहेको थियो ।
कोषलाई वर्तमान कार्यसमितिले १५ लाख पुराउने लक्ष्य राखेको कोषको संयोजक शिवाकोटीले जानकारी दिइन् । कोषमा ८ लाख रुपैयाँ सहयोग जुटिसकेको छ ।