Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आग्रह
शनिवार, फागुन २, २०८२
काठमाडौं, २ फागुनः नेकपा (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेले आग्रह गरेको हो ।
एमालेले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति सचेत रहन एमालेले अपिल गरेको छ ।
राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेले प्रष्ट पारेको छ ।
एमाले सबै मतदातासमक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विवेकपूर्ण ढंगले मताधिकारको प्रयोग गर्न पनि भनेको छ ।
“विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ,” एमालेले विज्ञप्तिमा भनेको छ, “स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।”