बुधवार, चैत १८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नेपाल पत्रकार महासंघ झापा शाखा ५१ हजारसहित सम्मानित

शनिवार, फागुन २, २०८२

इलाम, २ फागुन : समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको दीगो हितमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई नगद ५१ हजारसहित यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शनिबार इलामको रोङ गाउँपालिका–५ इरौंटार, पाखागाउँमा आयोजित समारोहका वीच पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, भुर्तेल परिवारका सदस्यहरुले सामुहिक रुपमा पत्रकार महासंघलाई उक्त सम्मान समर्पण गरेका थिए ।

पत्रकार महासंघ झापा शाखाले २०८१ बैशाख ३ गते एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको पत्रकार सहारा उपचार अक्षयकोष घोषणा गरी पत्रकारको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको जनाइएको छ ।
‘पत्रकारिताको क्षेत्रमा समर्पित यस संस्थाले अत्यन्त सराहनीय कार्य गर्दै नेपाल पत्रकार महासंघ झापालाई कोसेढुंगाको रुपमा स्थापित गर्न सफल रहेकोले श्री पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा स्थापित नवौं श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८२ द्वारा सम्मानित एवम् पुरस्कृत गर्न पाउँदा हामी गौरवान्वित छौं’ –सम्मान पत्रमा भनिएको छ ।

२०४६ साल पुस ९ गते स्थापित पत्रकार महासंघ
झापाले समाजलाई सु–सूचित गर्दै पत्रकारहरुको भलाइको निम्ति महत्वपूर्ण कार्य गर्दै आएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो । पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरु बिरामी तथा घाइते हुँदा उपचार खर्च, सुत्केरी राहत, सदस्यका परिवारमा मरिमराउ हुँदा सरहे सहयोग तथा ६५ वर्ष माथिका ज्येष्ठ पत्रकारलाई उक्त अक्षयकोषको ब्याजबाट वार्षिक वृत्ति प्रदान गरिँदै आएको महासंघ झापाका अध्यक्ष गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार उक्त पुरस्कार रकमसहित कोषमा अब एक करोड २० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

उक्त कार्यक्रममा नगद ५१ हजारसहित रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार साङ्वो सुवासलाई छत्र खतिवडा स्मृति प्रथम सिर्जनशील पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै पवित्रा–भेषराज खतिवडा स्मृति सामुदायिक विद्यालय स्तरीय शैक्षिक पुरस्कार समेत वितरण गरियो । जस अन्तर्गत उत्कृष्ट विद्यालयको रुपमा नगद ७५ हजारसहित मेचीनगर–१३ चारआलीस्थित शहीद दशरथ चन्द माविलाई सम्मान गरियो । विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलसहित विद्यालयको टिमले सम्मनपत्र ग्रहण गरेका थिए । उत्कृष्ट शिक्षक पुरस्कार शान्ति आदर्श माविका प्रधानाध्यापक पूर्णबहादुर राईलाई प्रदान गरियो भने उत्कृष्ट विषयगत शिक्षक पुरस्कार मेचीनगर–११ स्थित बलभद्र जनता माविका विज्ञान विषयका शिक्षक देवीप्रसाद खतिवडालाई प्रदान गरियो ।

प्रतिष्ठानले लोपोन्मुख जाति छात्रवृत्ति तर्फ शान्ति आदर्श माविमा कक्षा ११ मा अध्ययनरत् सोनाम लाप्चा र विनिशा लाप्चालाई पुरस्कृत गर्यो । त्यस्तै ०८१ सालको एसईईमा सर्वोच्कृट जिपिए प्राप्त गर्ने धुलाबारी माविका सभियन प्रधान र कृषा ओझालाई पुरस्कृत गरियो । उक्त पुरस्कारको राशि जनही सात हजार पाँच सय रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका ज्येष्ठ सदस्यको रुपमा रामप्रसाद खतिवडा (८२)लाई सम्मान गरिएको थियो । छनौट समितिका सदस्य शिवकुमार पौडेलले शैक्षिक पुरस्कारहरुको घोषणा गरेका थिए । अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा सदस्यहरु शिवकुमार पौडेल, जय भण्डारी र शिरो सान्दाइ रहेको छनोट समितिले पुरस्कृत प्रतिभा र संस्थाको छनोट गरेको पत्रकार दिपेन्द्र यौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार कोइरालाले समाजमा सफल व्यक्ति र संस्थालाई सम्मान गर्ने संस्कारको थालनी गरेर प्रतिष्ठानले प्रेरणादायी काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा संस्थाका संरक्षण शारदाप्रसाद शर्मा, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा ज्येष्ठ पत्रकार शिरो सान्दाइ खतिवडाले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर