शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

झापा २ : सबै वडामा निर्वाचन परिचालन समिति गठन, उम्मेदवार घिमिरेलाई विजयी गराउने संकल्प

शनिवार, फागुन २, २०८२

बिर्तामोड, २ फागुन : झापा क्षेत्र नं. २ मा नेकपा एमालेले २५ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिवार अर्जुनधारा २ मा वडास्तरीय परिचालन समिति घोषणा गर्दै क्षेत्रको सबै वडामा समिति घोषणा सम्पन्न भएको जनाएको छ ।

पार्टीका नेता कार्यकर्ताको भेटघाटलाई तीब्रता दिएको एमालेले वडावडामा एमालेको परिचालन समिति बनाएर निर्वाचन प्रचारप्रसारलाई गति दिएको परिचालन समितिका संयोजक एकराज कार्कीले जानकारी दिए । उनका अनुसार वडावडामा एमाले एकढिक्का भएर चुनावमा होमिएको छ । अर्जुनधारा २ को भेलालाई सम्बोधन गर्दै संयोजक कार्कीले एमाले एक ढिक्का गरेर जाने निर्णय गरेको जानकारी दिए ।

कार्कीले क्षेत्रमा वडास्तरीय परिचालन घोषणाका क्रममा सबैले एमाले एक ढिक्का हुने र पार्टीको उम्मेदवार देवराज घिमिरेलाई विजयी गराउने दृढ संकल्प गरिएको जनाए । वडा तहको कार्यक्रममा उनले अरुसँग प्रतिष्पर्धा गर्ने समयमा आन्तरिक एकतालाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् ।फागुन २१ को निर्वाचन विकाससँगै राष्ट्र जोगाउने सवाल भएको औल्याउदै उनले मतदाताहरुलाई सोही अनुसार सहजीकरण गर्न आग्रह गरेका छन् । सामाजिक एवम् राजनीतिक क्षेत्रमा उमेर भन्दा पनि लगनशिलता र भिजन अनिवार्य हुनुपर्ने उनको धारणा छ ।
निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार देवराज घिमिरेले झापा २ मा मतदातासँग मन जितेर मत माग्ने हक भएको बताए । उनले ५ वर्षका लागि मतदान गरेको भन्दै थालेको काम पूरा गर्नुपर्ने दायित्व आफूसँग भएको बताएका छन् । अघिल्लो पकट यसै क्षेत्रका मतदाताको मतबाट विजयी भएको बताउदै उनले यस क्षेत्रमा अरबौं रुपैयाँको बजेट ल्याएर विकासको काम गरेको अवगत गराए ।
उनले भने – धेरै काम सम्पन्न भएको छ, धेरै काम निर्माणको चरणमा छ । त्यसलाई पूरा गर्न पनि २ नं. क्षेत्रमा मतदाताले निर्वाचित गराउनेमा विश्वास लिएको छु ।
कोशी प्रदेशका मन्त्री चिन्तन पाठकले घिमिरे विजयी हुँदा जनताका समस्या सिधा सम्पर्क गरेर राख्न सकिने धारणा व्यक्त गरे । पहिले पनि सिधा सम्पर्क गरेर क्षेत्रका लागि काम गरियो, फेरि पनि गर्न सक्छौं, उनले थपे ।

कार्यक्रममा सहभागीहरुले अनुशासित र सालिन उम्मेदवार पाएको प्रतिक्रिया दिएका छन् । अधिकांशले घिमिरेले क्षेत्रमा धेरै विकास योजनाहरु ल्याएको बताएका छन् । उनीहरुले स्थानीय समस्याहरु समेत राखेका थिए ।

सम्बन्धित खबर