सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नेपाल आज वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै

आइतवार, फागुन ३, २०८२

काठमाडौं, ३ फागुनः आईसीसी टी२० विश्वकपमा आज नेपाल जित्नैपर्ने दबाबसहित समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै छ । 

समूह ‘सी’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । सुपर ८ पुग्ने गणितीय सम्भावना कायम राख्न नेपाल आज जितको दबाबमा छ।

वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि आफ्नो टिमलाई बाहिरी कुराबाट ध्यान हटाई खेलमा केन्द्रित हुन र जितका निम्ति खेल्न चेतावनी दिनुभएको छ । 

समूहको तेस्रो खेलअघि प्रशिक्षक लले पहिलो खेलपछि खेलाडीले सामाजिक सञ्जालमा ध्यान दिँदा दोस्रो खेलमा अपेक्षाकृत प्रदर्शन हुन नसकेको निराशा पोखेका थिए । इटालीविरुद्ध अप्रत्यासित नतिजा आएपछि नेपाली खेलाडीको सर्वत्र आलोचना भइरहेको छ । 

‘‘इंग्ल्यान्डसँगको खेलपछि नेपाली खेलाडीले सामाजिक सञ्जालको प्रशंसा हेरे । उनीहरुले हेर्नु पर्ने खेलको प्रदर्शन हो । हामीले सामाजिक सञ्जालमा मान्छेहरुले के भनिरहेका छन्, भन्ने कुरा सोच्छौँ भने टिमलाई के चाहिएको छ । टिमका सदस्यले के भनिरहेका छन्, भन्नेबाट ध्यान हट्छ। यो निकै गाह्रो विषय हो,’’ लले खेलाडीमाथि सामाजिक सञ्जालले पारेको प्रभावबारे बोले । 

यता, वेस्ट इन्डिज भने आजको खेलमा जितसहित सुपर ८ मा आफ्नो स्थान सुनिश्चित गर्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिने छ । खेलअघि वेस्ट इन्डिजका कप्तान अकिल हुसैनले नेपाली टिमसँग गुमाउन केही नभएकाले आफूहरुले कमजोर नआकेको र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित मैदान उत्रिने बताउनुभयो । 

उनले पछिल्लो शृंखलामा नेपालसँग पराजित भएकाले सजक हुने बताए । ‘‘हामीले पछिल्लो पटक नेपालसँग खेलेका छौं । त्यसैले सहज पनि छौ,’’ उनले भने, ‘‘हामी विश्वकपमा सबै खेल जित्न चाहन्छौँ । त्यसैले नेपालविरुद्ध पनि जित्नकै लागि खेल्छौँ ।’’

सम्बन्धित खबर