झापा, ३ फागुनः झापाको बुद्धशान्ती–६ स्थित बाल्मिकी शिक्षा सदन विद्यालय ले १८ औँ बार्षिकोत्सव मनाएको छ । शनिबारविद्यालय परिसरमा विविध कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष शिवराज पौडेल बाल्मिकी शिक्षा सदनले हरेक क्षेत्रमा विद्यार्थीलाइ पहिलो प्राथमिकतामाराखेर कार्य गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीको पढाइका साथै अतिरिक्त कार्यमा समेत सरिक हुन प्रेरणा मिल्ने बताउनु भयो ।उहाँले भन्नुभयो, हरेक विद्यालयमा यस्ता कार्यक्रमहरु हुन जरुरी रहेको र यसले भबिस्यमा दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भूमिकाखेल्ने छ ।
कार्यक्रममा बोल्दै बुद्धशान्ती गाँउपालिका कार्यपालिका सदस्य दिनेश लेप्चाले विद्यालयमा हुने हरेक कार्यक्रमले विद्यार्थीको समग्रविकासमा सहयोग पुग्ने बताउनुभयो ।
प्याब्सन बुद्धशान्तीका कोषाध्यक्ष सुर्यमान सुब्बाले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको कार्यलाई सामान्य सोच्न नमिल्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षिका र सवारी चालक सुमन तामांग सम्मानित हुनुभएको प्रिन्सिपल मोती बस्नेतले बताउनु भयो । विद्यार्थीले विभिन्नसन्देश मुलक नृत्य , गायन, प्रस्तुत गरेको कार्यक्रममा अभिभावक अशोक लाखेले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई ट्रफि तथा मेडलहरू प्रदान गरिएको कार्यक्रमको स्वागत विद्यार्थी एन्जलखड्काले गर्नुभएको थियो भने सञ्चालन मोती बस्नेत र करुणा न्यौपाने ढकालले संयुक्त गर्नुभएको थियो ।

विद्यालयले हरेक वर्ष बार्षिकोत्सवमा बेग्ला बेग्लै कार्यक्रम गर्दै आएको छ। २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षानर्सरी देखि ५ सम्म अध्यापन भइरहेको शिक्षिका मुना थापाले जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ती गाँउपालिकावडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेल रहनु भएको थियो भने ,विशिष्ट अतिथि बुद्धशान्ती गाँउपालिका कार्यपालिका सदस्य दिनेशलेप्चा रहनु भएको थियो ।
कार्यक्रममा वडा नं ६ का वडा सदस्यहरु लोकेन राई, सशस्त्र प्रहरी बल नेपाल टिमाई बेसक्यापका प्रमुख केदार श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि, अन्य विधालयका प्रिन्सिपल, अभिभावक तथा पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




