काठमाडौं, ३ फागुन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झापा ५ मा उम्मेदवार दिएका रन्जित तामाङले आफनो चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ ।
उहॉंले आज दमकमा आयोजित एक कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ पेपर सार्वजनिक गर्नुभएको हो ।
भिजन पेपर सार्वजनिक गर्दै उनले झापा-५ का लागि ७ वटा प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिनुभयो।
तामाङले शिक्षा, स्वास्थ्य, कृषि उद्योग र व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी सुशासन र सार्वजनिक सेवा प्रवाह र सामाजिकसमावेशीकरण, संस्कृति र वातावारणसहित ७ वटा भिजन समावेश गर्नुभएको छ । उक्त भिजन पेपरमा आधारित १२० गौरवको योजना५ वर्षभित्र पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।




