बिहिवार, चैत १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापा–२ मा धर्मशिला चापागाईंको २० बुँदे प्रतिबद्धता सार्वजनिक

आइतवार, फागुन ३, २०८२

बिर्तामोड, २ फागुन : नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकीछन् ।

आइतबार चुनाव परिचालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

‘झापा–२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्पका साथ उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी छन् । प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रीय हबको रुपमा विकास गर्ने, विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा जस्ता क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने, चारपाने दक्षिणको क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने, परम्परागत उद्योगको संरक्षण तथा आधुनिकीकरण गरी रोजगारी सिर्जना गर्ने, बिर्तामोडलाई स्मार्ट सिटी बनाउने गुरुयोजना निर्माण गरी सडक तथा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा समेटिएको छ ।

समाजमा व्याप्त मिटर व्याजी समस्या समाधान, समाज र परिवारबाट बहिष्कृत व्यक्तिको पुनस्र्थापना, खानेपानी र सिँचाईको उचित व्यवस्थापन, प्राविधिक, रोजगारमुखी र प्रविधिमैत्री शिक्षाको विकासमा काम गर्ने, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, युवाहरुको नेतृत्व विकास र खेलकुदको पूर्वाधार विस्तारका कार्य गर्ने, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक वर्गको उत्थानका लागि काम गर्ने, जनसहभागितामार्फत समाजवादको आधार तयार गर्ने जस्ता बुँदालाई चापागाईंले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेटेकीछन् ।

चापागाईंले एक वडा एक पुस्तकालय र सार्वजनिक स्थल निर्माणलाई रचनात्मक प्रतिबद्धताको रुपमा अगाडी सारेकी छन् । उनले विकास निर्माणको कार्य गर्दा वातावरण संरक्षण र वातावरण अनुकूल हुने गरी गर्ने, शान्ति, सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने, सूचना प्रविधिको विकास र संचार माध्यमको पूर्वाधार विकासमा सहयोग गर्ने, आदिवासी जनजातिको मौलिक सम्पदाको रुपमा रहेको कला, भाषा, साहित्यको विकासका प्रभावकारी कार्य गर्ने, कृषि, पशुपालन र दुग्ध उत्पादनलाई जोड दिँदै स्थानीय कृषकहरुका लागि मल तथा विउविजनको सहज आपूर्तिको व्यवस्था मिलाउने जस्ता मतदाताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्रतिबद्धताको रुपमा अगाडी सारेकी छन् ।

उनले सञ्चारकर्मीको प्रश्नको जवाफमा नेपालको संविधान २०७२ साबिक नेकपा माओवादी केन्द्रको जनयुद्धको जगमा जारी भएको र त्यसको पूर्ण कार्यान्वयन, संविधान संशोधनमार्फत लक्षित वर्गलाई थप अधिकार प्रत्यायोजनका कार्यभार अपूरो भएकाले त्यो काम सम्पन्न गर्न आफुलाई मतदाताले मत हाल्न आवश्यक रहेको धारणा राखिन् ।

यस अघि पटक पटक राजकीय पदमा पुगेर पनि सादगी जीवन बाँचिरहेको र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी रहेको चापागाईंले प्रष्ट्याइन् । चापागाईंले आफुले यस क्षेत्रको विकासका लागि विगतमा संसदमा हुँदा शुरु गरेको कार्य पूरा गर्नका लागि पुनः जिताउन सम्पूर्णलाई पत्रकारसम्मेलन मार्फत आग्रह गरेकी छन् ।

सम्बन्धित खबर