आइतवार, फागुन ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

झापा गोल्डकपः उपाधिमाथि मच्छिन्द्र र एपिएफको दाबी

आइतवार, फागुन ३, २०८२

बनियानी (झापा), ३ फागुनः झापाको बिर्तामोडमा जारी सातौँ एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

यहाँस्थित डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा फाइनलका दुई प्रतिस्पर्धी टोली मच्छिन्द्र र एपिएफले उपाधिमाथि दाबी प्रस्ततु गरेका हुन् । एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा समेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो श्रेणीका खेलाडीले फाइलन खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । झापा गोल्डकपलाई नै केन्द्रित गरेर केही समय अघिदेखि तयारी गरिएको उनले बताए ।

यस्तै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधिमाथि कब्जा गर्ने दाबी गरे । “अरु प्रतियोगितालाई छोडेर हामीले झापा गोल्डकपलाई फोकस गरेका छौँ”, उनले भने । अधिकांश झापाली खेलाडीलाई समेटेर टोली बनाइएकाले दर्शकको साथ र समर्थनले जीतमा मद्दत गर्ने उनले बताए ।

एपिएफका कप्तान हरि कार्कीले आयोजक टोलीलाई पराजित गरेर मनोबल उच्च बनाएकाले फाइनलमा उपाधि हात पारेर झापा गोल्डकपको इतिहासमा नयाँ रेकर्ड बनाउने उल्लेख गरे । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांश खेलाडी मैदानसँग परिचित भएकाले पनि उपाधि रक्षा गर्न सहज हुने बताए ।

झापा गोल्डकपको विजेताले रू १५ लाख र उपविजेताले रू सात लाख ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एक दर्शकलाई गोलाप्रथाबाट एक थान स्कुटरसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर