बिर्तामोड, ४ फागुनः शिक्षा निकोप निकेतन विद्यालय ले आफ्नो पाँचौं वार्षिकोत्सव विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमकासाथ भव्य रूपमा मनाएको छ।
बिर्तामोड नगरपालिका वडा नं. २ मा अवस्थित उक्त विद्यालय शिक्षा बहुउद्देश्यीय सहकारी संस्था द्वारा २०७७ साल फागुन ४ गतेस्थापना गरिएको हो। सोमबार आयोजित विशेष समारोहमार्फत विद्यालयले वार्षिकोत्सव सम्पन्न गरेको हो
कार्यक्रममा विद्यालयका साना बालबालिकाहरूले आकर्षक नृत्य, गायन तथा भाषण कला प्रस्तुत गरी उपस्थित अभिभावक रपाहुनाहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए। यसै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षिका सुधा निरौला र उत्कृष्ट विद्यार्थीमन्दिप पोखरेललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सहकारी मोडेलमा सञ्चालन भएको योपहिलो विद्यालय भएको दाबी गर्नुभयो। उहाँले हाल प्ले-ग्रुपदेखि कक्षा २ सम्म सञ्चालन भइरहेको यस विद्यालयलाई अभिभावककोचाहना र आवश्यकतालाई ध्यानमा राख्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ३ सम्म विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।न्यौपानेले विद्यालयको गुणस्तर र शैक्षिक वातावरणलाई अझ परिस्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चिजा राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन्द्र भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

विद्यालयकी प्रिन्सिपल रेश्मा घिमिरेलेस्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सचिव युवराज निरौला, लेखासुपरिवेक्षण समिति संयोजक सूर्यप्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो।
सविना लिम्बुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वक्ताहरूले सहकारी मार्फत शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेकाथिए।




