एजेन्सी, ५ फागुन । मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण हुँदा २८ जनाको मृत्यु भएको छ।
सुडानको कोर्डोफान क्षेत्रको सुदूर उत्तरमा रहेको अर्धसैनिक–नियन्त्रित क्षेत्रमा सोही आक्रमण भएको एक अधिकारवादी समूहले जनाएको हो । जुन हाल सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच तीन वर्ष पुरानो युद्धको सबै भन्दा ठूलो नाका हो ।
द्वन्द्वमा भएका अत्याचारमाथि निगरानी राख्ने समूह इमर्जेन्सी लयर्सका अनुसार आइतबार उत्तरी कोर्डोफानको सोडारी शहर बाहिर अल–सफिया बजारमा कैयौँ ड्रोन मार्फत आक्रमण गरिएको थियो । तर आक्रमण कसले गर्यो भन्ने भन्ने बारेमा भने अझै पत्ता लागेको छैन ।
सुख्खा बन्दगाह पार गर्ने दुर्गम शहर सोडारी, उत्तरी कोर्डोफानको राज्यको राजधानी एल–ओबेदबाट करिब २ सय ३० किलोमिटर (१३२ माइल) उत्तरपश्चिममा छ । जुन आरएसएफले महिनौंदेखि घेर्ने प्रयास गरिरहेको हाो ।




