शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

धरान उपमहानगरपालिकाका उपप्रमुख बेघाको घरमा हतियारधारी समूहको आक्रमण

मङ्गलवार, भदौ २६, २०८०

धरान । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ ।
घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइलाई खुकुरी प्रहार गरेको छ । बेघाको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ।
धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताए ।
हातहतियारसहितको समूहले उपप्रमुख बेघाका घरमा आक्रमण गरेको खबर पाएपछि बेघाले प्रहरीलाई फोन गरेका थिए ।
घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जनाएका छन् ।

सम्बन्धित खबर