शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम

शुक्रवार, भदौ २९, २०८०

झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम हुनु भएको छ । ५९औँ राष्ट्रिय वाल दिवसका अवसरमा आज नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविश्यको थालनी’ शिर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १०मा अध्यनरत छात्रा आचार्य प्रथम हुनु भएको हो ।
प्रतियोगितामा तक्षशिला स्कुल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतिय र ईडेन गार्डेन आवसीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहरा सान्तवना भएका छन् । प्रतियोगिताका विजेताहरुले क्रमश पाँच हजार, चार हजार, तीन हजार र एक हजाररुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरे ।
विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकाश शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गर्नु भयो । प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मीला राजवंशी र लक्ष्मिा खतिवडाको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सुनिश्चित भविश्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले कक्षा १२ उत्तिर्ण हुने वित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राख्नु भयो ।

 

सम्बन्धित खबर