Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम
शुक्रवार, भदौ २९, २०८०
झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम हुनु भएको छ । ५९औँ राष्ट्रिय वाल दिवसका अवसरमा आज नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविश्यको थालनी’ शिर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १०मा अध्यनरत छात्रा आचार्य प्रथम हुनु भएको हो ।
प्रतियोगितामा तक्षशिला स्कुल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतिय र ईडेन गार्डेन आवसीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहरा सान्तवना भएका छन् । प्रतियोगिताका विजेताहरुले क्रमश पाँच हजार, चार हजार, तीन हजार र एक हजाररुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरे ।
विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकाश शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गर्नु भयो । प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मीला राजवंशी र लक्ष्मिा खतिवडाको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सुनिश्चित भविश्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले कक्षा १२ उत्तिर्ण हुने वित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राख्नु भयो ।