शुक्रवार, चैत २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सडकको हिउँ पन्छाएर मतदान केन्द्र यथावत राखिने

सोमवार, फागुन ११, २०८२

मुस्ताङ, ११ फागुन ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमा जमेको हिउँ यसै साताभित्र पन्छाएर मतदातालाई घर फर्किन सहज बनाइने भएको छ । गाउँपालिकाको सबैभन्दा सबैभन्दा दुर्गम क्षेत्र साङ्ता जोड्ने सडकखण्डमा बाख्लो हिउँ जमेका कारण यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानस्थलसम्म पुग्न मतदातालाई समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङ र गाउँपालिकामार्फत डोजरको प्रयोग गरी हिउँ पन्छाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।

प्रजिअ शर्माले भन्नुभयो, ‘‘जमेको हिउँ फुटाएर सडकलाई सहज बनाउँछौ, गाउँ बाहिर भएका मतदातालाई यसैसाता पुग्न मिल्ने गरी सडकको मर्मत हुन्छ ।’’ जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी सहयोगको अनुरोध गरेपछि सोमबारबाट सडकखण्डमा रहेको हिउँ पन्छाउने कार्य अगाडि बढाउन डिभिजन सडक कार्यालय बागलुङ र वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले मेसिन परिचालन गर्ने भएको छ ।

जाडो छल्न बेंसी झरेकाहरू हिमपातका कारण फर्किन नसकेपछि वडा कार्यालयले मतदानस्थल स्थानान्तरको प्रस्ताव गरेपछि प्रजिअ शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरी पण्डितको टोली याकखर्कबाटै फर्किनुपरेको थियो । सडकखण्डमा करिब २ फिट हिउँ जमेको छ ।

समुन्द्री सतहदेखि तीन हजार ८ सय मिटर उचाईमा रहेको गाउँमा सदरमुकाम जोमसोमबाट करिब ४० किमी लाग्छ । जिल्ला सुरक्षा समितिले निर्वाचनको समयमा उपल्लो मुस्ताङ सहित साङ्ताबाट मतपेटिका ल्याउन हेलिकोप्टरको सहयोग लिने सूचीमा राखेको छ ।

गाउँबाट पोखरा, काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा गएका बाहेक छिमेकी फलेक धाकारजुङ, पाक्लिङ गाउँमा रहेकालाई स्थानीय स्वयंमसेवकलले मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो । १३ घरधुरी रहेको साङ्ता गाउँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।

सम्बन्धित खबर