Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
सोमवार, फागुन ११, २०८२
सिरहा, ११ फागुन : यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिनुभयो ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो । घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए । प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छभने अन्य फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ ।