Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
निर्वाचनको वातावरण बनेको छ : उपसभापति शर्मा
सोमवार, फागुन ११, २०८२
झापा, ११ फागुन : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।”
निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उहाँले निर्वाचनको वातावरणमा असर पु¥याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गर्नुभयो ।
उपसभापति शर्माले भन्नुभयो, “विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।” पत्रकारले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा उहाँले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्ने भन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण भएको बताउनुभयो ।