Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रास्वपा नेता कार्कीको छोरा ठगी मुद्दामा पक्राउ
मङ्गलवार, फागुन १२, २०८२
झापा, १२ फागुन : झापा बिर्तामोड १ का रास्वपा नेता बलराम कार्कीका छोरा ठगी मुद्धामा पक्राउ परेका छन् । झापा प्रहरीले कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई आज मेचीनगरको एक सुधारगृहबाट नियन्त्रणमा लिएको हो ।
कार्की विरुद्ध झापा अर्जुनधारा – ११ बस्ने बर्ष ४७ का युवराज गिरीले इप्रका बिर्तामोडमा ठगी मुद्धा दर्ता गराएका थिए । जाहेरवालाका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई कुराकानीपछि विवाह गर्ने शर्तमा कार्कीले कलेज खर्च भन्दै ३ लाख १५ हजार रुपैयाँ मागेको प्रहरीले जनाएको छ । कार्कीले पटक–पटक गर्दै उक्त रकम लिएका थिए । किशोरीको नाममा पैसा मगाएर कार्कीले खाइमासेको झापा प्रहरीले जनाएको छ ।
उनीविरुद्ध गत मंसीरमा मुद्धा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको तीन महिनापछि झापा प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो ।