बुधवार, फागुन १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

समृद्धिको लागि सुहाङको मार्गचित्र: किसानलाई बिउदेखि बजारसम्म

बुधवार, फागुन १३, २०८२

इलाम, १३ फागुनः नेकपा (एमाले)को तर्फबाट इलाम क्षेत्र नम्बर दुईका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ । प्रतिबद्धता–पत्रमा इलाममा उत्पादित चिया, अलैँची, कफी, छुर्पी तथा बाँसजन्य वस्तुको बजारीकरण र गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिइएको छ।

उत्पादनको एकरूपता, आकर्षक प्याकेजिङ, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण तथा डिजिटल प्रवर्द्धनमार्फत ‘इलाम ब्रान्ड’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उल्लेख गरिएको छ। छिमेकी राष्ट्रका उद्योगी तथा निर्यातकर्तासँग सहकार्य गरी स्थानीय उत्पादनलाई बाह्य बजारसम्म विस्तार गर्ने योजना रहेको जनाइएको छ।

पूर्वाधारतर्फ दमक–चिसापानी फाल्गुनन्द सडक, राँके–रवि–भेडेटार सडक, मदन भण्डारी लोकमार्ग (इलाम खण्ड), केचना–कञ्चनजङ्घा कोरिडोर, माईपोखरी–सन्दकपुर खण्ड, आत्मानन्द मार्ग र राँके–गैँडे सडक लगायत आयोजनालाई प्राथमिकतामा राखिएको छ। निर्माणाधीन सडकलाई पूर्णता दिने तथा आवश्यक पुल निर्माण र बेली ब्रिज जडान कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको छ।

खानेपानी र सिँचाइतर्फ माङसेबुङ, माई र चुलाचुलीमा लिफ्टिङ खानेपानी आयोजना अघि बढाइएको तथा माइखोलामा तटबन्ध र बृहत् सिँचाइ आयोजना सञ्चालनमा रहेको उल्लेख छ। स्वास्थ्यतर्फ इलाम जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको तथा देउमाई, चुलाचुली र फाकफोकथुममा १५–१५ शैयाका अस्पताल निर्माण गरिएको जानकारी दिइएको छ।

शिक्षा क्षेत्रमा देउमाई बहुमुखी क्याम्पस, मङ्गलवारे बहुमुखी क्याम्पस, रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट र सामुदायिक कृषि क्याम्पसलाई प्राविधिक शिक्षातर्फ उन्मुख गर्ने योजना सार्वजनिक गरिएको छ।

त्यसैगरी, विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बजेट विनियोजनमा पहल गरिएको तथा भूमि समस्या समाधान आयोगमार्फत भूमिहीन परिवारलाई धनी पुर्जा वितरण कार्य अघि बढाइएको उल्लेख छ।

प्रतिबद्धता–पत्रमा जनअपेक्षाअनुसार सबै क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा परिणाममुखी कार्यमार्फत विश्वास जित्ने सङ्कल्प व्यक्त गरिएको छ। पार्टीले इलाम–२ मा सडक, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन पूर्वाधार सम्पन्न भएसँगै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने दाबी गरेको छ।

सम्बन्धित खबर