Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
टर्कीमा लडाकू जेट दुर्घटना हुदाँ पाइलटको मृत्यु
बुधवार, फागुन १३, २०८२
इस्तानबुल, १३ फागुन: टर्कीमा लडाकू जेट विमान ( एफ–१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदामा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ । “खोजी र उद्धार अभियान मार्फत भग्नावशेष फेला पारी पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुनेछ “, मन्त्रालयले जनाएको छ ।
यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भए पछि टर्कीले सी–१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो ।
अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ–१६ विमानहरू पछिल्लो समयमा दुर्घटनाग्रस्त भएका छन् । जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ–१६ दुर्घटनाग्रस्त हुदाँ पनि पाइलटको मृत्यु भएको जनाइएको छ ।