Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अध्यक्ष ओलीले दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै
बुधवार, फागुन १३, २०८२
झापा, १३ फागुनः निर्वाचन प्रचार प्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दैहुनुहुन्छ ।
बिहान दमक ९ को चियादोकानमा ९.३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित हुनुहुन्छ । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दैहुनुहुन्छ ।
कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा उहाँले गौरीगञ्ज ५ को श्ँयामा टोली,हरिरा,माथिल्लो दिनाभद्री,अल्ताबारी,दुर्गा मन्दिर,नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ । यस्तै बाह्रशुद्धी,लतिझुला,भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ ।यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गर्नु भएका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउनु हुनेछ ।