शनिवार, वैशाख ५, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा ‘पैसा देखाएर’ ठगी गर्ने भारतीय गिरोहका ७ जना पक्राउ

बुधवार, फागुन १३, २०८२

झापा,१३ फागुन : झापामा ‘पैसा देखाएर’ ठगी गर्न आएको भारतीय गिरोहलाई पक्राउ गरि सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको गिरोहलाई बुधबार झापा प्रहरीले सार्वजनिक गरेको हो ।


उनीहरुलाई भद्रपुर नगरपालिका–८ घोडामारा एयरपोर्ट सडकखण्डबाट मंगलवार साँझ सशस्त्र प्रहरी बल नेपाल नं. २ हेडक्वार्टर गणले नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । उनका अनुसार घोडामारामा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । जिल्लामा ठुलै ‘स्क्याम’ गर्न आएको भारतीय गिरोहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।


शंकास्पद अवस्थामा दुई वटा भारतीय सवारीमा हिडिरहेको समूहलाई पक्राउ गरि झापा प्रहरीलाई बुझाएको थियो । अनुसन्धान गर्दा संगठित रुपमा ठगी गर्ने गिरोह भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

संगठित रुपमा ठगी, अपराधमा संलग्न रहेको आधारमा प्रहरीले एक नेपालीसहित ७ जनालाई पक्राउ गरि कारबाहीको प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५), दिपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), अबेद अली होसैन (५२), फारुक अज्मी (२०) तथा झापा कमल गाउँपालिका–६ का देवेन्द्र सापकोटा (४३) रहेका छन् ।

प्रहरीका अनुसार गिरोहले पैसाको बण्डल बनाउने र भिडियो बनाएर चिनजान तथा व्यापारीहरुलाई पठाउने गरेको थियो । २१ वटा टिनका बाक्सा र पैसा जस्तै देखाउन २३७ वटा कागजका बण्डल प्रहरीले बरामत गरेको छ । कागजको बण्डलमा माथि र तल सक्कली पैसा राखेर भिडियो बनाउदै पठाउने गरेको प्रहरी अनुन्धानबाट खुलेको छ ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरूले संगठित रूपमा ठगी गर्ने उद्देश्यले नोट आकारका सादा कागजको बण्डलको माथि तल सक्कली नोट राखी भिडियो बनाउने गरेका थिए । सो भिडियोसँगै सरकारी पत्रसमेत संलग्न गरेर ठूलो रकम कानुनी अड्चनका कारण जफत भएको र जरिवाना बुझाउन रकम आवश्यक परेको भन्ने भिडियो सन्देश पठाई विभिन्न व्यक्तिहरूलाई ठग्ने योजना बनाएका थिए ।

उनीहरूले करिब डेढ महिनाअघि मेचीनगर–४ स्थित एक होटलमा बसेर उक्त नक्कली रकमको फोटो तथा भिडियो बनाएको समेत खुलेको छ । कागजातहरूलाई विश्वासिलो देखाउन नोटरीबाट प्रमाणित गराउने उद्देश्यले गिरोह भारतबाट काँकडभिट्टा नाका हुँदै चन्द्रगढी आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका डब्लुबि ०६ यु ३००६ सुजुकी कम्पनीको बालेनो र डब्लुबि ०६ एक्स ०३०० टोयोटा फच्र्युनर गाडीमा सवार उनीहरूको साथबाट नेपाल सरकारको निशान छाप प्रयोग गरिएका विभिन्न नक्कली कागजात, प्रेस लेखिएको गाडि, कर चुक्ता प्रमाणपत्र, भन्सार सम्बन्धी कागज, नक्कली प्रहरी परिचय पत्र, स्ट्याम्प प्याड, विभिन्न भारतीय परिचयपत्र तथा धेरै मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित लुकाइ राखिएको स्थानबाट २१ वटा टिनका बाक्सा र २३७ बन्डल नोट आकारका सादा कागज समेत फेला पारेको थियो । कागजको २३७ वटा बण्डललाई गिरोहले नेपाली १२ करोडको स्टमेट गरेर तयार गरेको बुझिएको छ ।

प्रहरीले उनीहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रमा यस्तै प्रकृतिका ठगी तथा अन्य स्क्याममार्फत दुबै देशका नागरिकलाई पीडित बनाएको हुन सक्ने आशंका व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले यस समूहबाट ठगीमा परेको हुन सक्ने व्यक्तिहरूलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

सम्बन्धित खबर