Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
दमकमा जलेको अवस्थामा लुटिएको राइफल फेला
शुक्रवार, फागुन १५, २०८२
झापा, १५ फागुन : इलाका प्रहरी कार्यालय दमक नजिकै जलेको अवस्थामा एक थान मार्क–४ राइफल फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ दमक नगरपालिका–६ थाना रोडस्थित कार्यालयबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा गस्तीका क्रममा हतियार फेला परेको हो। Y13487 नम्बर अंकित उक्त मार्क–४ राइफलको काठको भाग पूर्ण रूपमा जलेको र अन्य भागमा खिया लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
फेला परेको हतियार कार्यालयमा ल्याई सुरक्षित राखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त राइफल २०८२ भदौ २४ गते भएको Gen-Z आन्दोलन का क्रममा कार्यालयबाट लुटिएको अभिलेखबाट पुष्टि भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।