Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
हर्कलाल मार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भिर
शनिवार, फागुन १६, २०८२
झापा,१६ फागुन : बिर्तामोड–४ स्थित कञ्चनजंघा स्कुल नजिकै हर्कलाल मार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति करिब ९ बजे सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विएण्डसी हस्पिटल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा पछाडि सवार कनकाई–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाई सोही अस्पतालमा उपचाररत छन् र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
कार चालक बिर्तामोड–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।