Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु, १९ घाइते
शनिवार, फागुन १६, २०८२
एजेन्सी, १६ फागुनः कजाखस्तानको उत्तरी भागमा रहेको रिसोर्ट शहर श्चुचिन्स्कमा एक क्याफेमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
प्रारम्भिक रिपोर्ट अनुसार क्याफेमा ग्यास–हावा मिश्रणले आगलागी निम्त्याएपछि विस्फोट भएको थियो । यो एकतले क्याफे आवासीय भवनसँग जोडिएको थियो । जसमा विस्फोटपछि आगलागी समेत भएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आएको क्षेत्रीय आपतकालीन विभागले बताएको छ ।
क्षेत्रीय अधिकारीहरूका अनुसार, ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी २ जनाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरूमा १६ वर्षीया एक किशोरी पनि छिन् । घाइतेमध्ये १३ जना अझै अस्पतालमा उपचाररत छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ ।
प्रहरी तथा अधिकारीहरूले विस्फोटको कारण पत्ता लगाउन छानबिन शुरु गरेका छन् । केही रिपोर्टमा आगलागी सुरक्षाका नियम उल्लंघन भएको शंका गरिएको छ । घटनास्थलबाट उद्धारकर्ताहरूले ५० लिटरका ५ वटा ग्यास सिलिण्डर र २ वटा अक्सिजन सिलिण्डर निकालेका थिए । जसले थप विस्फोट हुनबाट जोगाएको थियो ।