Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एमाले अध्यक्ष ओलीलाई दमकमा अभिनन्दन
शनिवार, फागुन १६, २०८२
झापा, १६ फागुन : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजीत कार्यक्रममा अभिनन्दन गरिएको छ ।
विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकि कामहरु पूरा गरि दिन समेत आग्रह गरे ।
यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजीत कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे । यहाँको भुमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो ।
ओली आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएको छ ।