काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ।
उहाँले सोमबार दिउँसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभएको हो । प्रधानमन्त्री कार्कीले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको छ ।
सोही सम्बोधनको समय तय नभइसकेको पनि प्रेस सल्लाहकार रावलले जानकारी दिनुभयो।



