काठमाडौं, १८ फागुनः आज पनि सुनको भाउ व्यापक वृद्धि भएको छ। सुनको भाउ आज तोलामा ५६ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ थियो।
दुई दिनमा सुनको भाउ ताेलामा ११ हजार २ सय रुपैयाँ बढेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदीको भाउ आज तोलाको ६ हजार २० पुगेको छ। हिजो चाँदीको भाउ तोलामा २५४ रुपैयाँ बढेको थियो।



