सोमवार, फागुन १८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

अधुरा विकास योजना पूरा गर्ने उम्मेदार घिमिरेको प्रतिबद्धता

सोमवार, फागुन १८, २०८२

बिर्तामोड,१८ फागुन : नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले आफ्नो विजय सुनिश्चित भएको दाबी गर्दै परिणामको पर्खाइमा रहेको बताएका छन् ।

सोमबार प्रेस चौतारीले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा निवर्तमान सभामुख समेत रहेका घिमिरेले फागुन २१ को निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका हुन् ।

'घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु', पत्रकार सम्मेलनमा घिमिरेले भने ।

२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट २८ हजार ६ सय ९७ मत प्राप्त गरी निर्वाचित भएका घिमिरे दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार भएका हुन् ।

कार्यकाल पूरा नहुँदै जेनजी आन्दोलनका क्रममा संसद विघटन भएपछि आफूले थालेका कामहरु अझै अधुरा रहेको र त्यसलाई पूरा गर्न पनि आफ्नो आवश्यकता रहेको घिमिरेको दाबी छ ।
'यो निर्वाचन केवल एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन । बरु देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर पनि हो', पत्रकार सम्मेलनमा निवर्तमान सभामुख घिमिरेले भने ।

राजनीतिलाई उमेरका आधारमा पुरानो वा नयाँ भनेर वर्गीकरण गर्नु केटाकेटीपन भएको टिप्पणी गर्दै एमाले उम्मेदवार घिमिरेले जीवन्त पार्टीहरु समयानुकूल अध्यावधिक हुने र नेकपा एमालेले यसमा आफूलाई आधुनिक र गतिशील प्रमाणित गर्दै आएको बताए ।
'पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भएको वैचारिक र राजनीतिक घेराबन्दीलाई चिर्न र मुलुकको सार्वभौम सत्ता जोगाउन एमालेलाई विजय गराउनु अपरिहार्य छ', घिमिरेले भने ।

आफू निर्वाचित भएपछि तीन वर्षको अवधिमा साढे ५ अर्ब बराबरको बजेट झापा क्षेत्र नम्बर २ मा भित्र्याएको जनाउँदै घिमिरेले अधुरा रहेका विकास योजनालाई पूरा गर्न समेत आफ्नो आवश्यकता रहेको बताए ।
'यहाँको सुपारीलाई व्यवस्थित र आम्दानीको मुख्य स्रोत बनाउनुपर्छ', आर्थिक विकास र समृद्धिको योजना सुनाउँदै पत्रकार सम्मेलनमा घिमिरेले भने, 'अधिक रोजगारी सिर्जना गर्ने सन्दर्भमा समेत मेरो प्रयास जारी रहनेछ ।'

बसपार्कको समस्या समाधान गर्ने प्रतिबद्धता
निवर्तमान सभामुख देवराज घिमिरेले पत्रकार सम्मेलन मार्फत बिर्तामोडको बसपार्क क्षेत्रको जग्गाको समस्या समाधानका लागि अग्रसरता लिने प्रतिबद्धता दोहोर्याएका छन् । गिरिबन्धु टिस्टेटसँग जोडेर त्यहाँको ५१ बिघा जग्गा रोक्का गरिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको घिमिरेले बताए ।

'बसपार्क क्षेत्रका ४०० भन्दा बढी परिवारको समस्या समाधानका लागि मेरो अग्रसरता रहन्छ', पत्रकार सम्मेलनमा घिमिरेले भने, 'सिस्नेको नेपाली सेनाको तालिम केन्द्र र स्थानीयको जग्गाको दोहोरोपनालाई समेत समाधान गर्ने मेरो प्रयास रहनेछ ।'

छोटो र घृणित राजनीतिप्रति आपत्ति
निवर्तमान सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि मतदाता वा तिनका परिवारमा मरिमराउ हुँदा समवेदना पठाउँदै आएका छन् । गृह जिल्ला आएका बखत उनी आफै पनि मरिमराउ भएका ठाउँमा पुग्छन् । आफ्नो यो अभियानप्रति एकजना उम्मेदवारले गरेको टिप्पणीप्रति घिमिरेले कडा आपत्ति जनाएका छन् । 'म त्यस्तो छोटो र घृणित राजनीति गर्दिन । यसका बावजुद मेरा मतदाताको घरघरमा पुग्दा उहाँहरुले दिएका सुझावहरु मेरा निम्ति सधैँ प्रदर्शक हुनेछन्', घिमिरेले भने ।

सम्बन्धित खबर