काठमाडौं, १९ फागुन: राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उहॉं धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गर्नुभएको छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उहॉंको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेनुभएको छ। बिहीबार निर्वाचन हुँदैछ ।



