Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
उन्मुक्त जिन्दगी (कविता)
बुधवार, फागुन २०, २०८२
शिर्षक: उन्मुक्त जिन्दगी
नसच्छेदन गरेर
पछुताउन थालेका छन
युगल दम्पतीहरु
रक्तवीजहरु नजन्मे पछि ।
इतिहासले थुकेको सत्ताको
घुम्ने कुर्सीमा विराजमान छन
अविवेकी मन्त्रीहरु
शिर छेदन गरी
बोकाको टाउको जोड्नु पर्ने
बनाउनु पर्ने दक्षप्रजापति
दिनु पर्ने घाँस ।
घमण्ड र दम्भले मात्तिएका
अजिव प्रशासकहरु
सत्ताको तावेदारी गर्छन
तक्मा झुण्ड्याउने प्रपञ्चमा
जनहित विपरीत कार्य गरी
झुक्क्याइन्छन सर्वसाधारणहरु
झुन्ड्याइन्छ तक्मा
हाँसिन्छ फिक्का हाँसो
खेलिन्छ पासा
पल्टेन किन सत्ता ?
पासा पल्टिए जस्तो ।
खुनि दरबार
महाराजको भजन गाउँछ
महाराज तन्द्रामा छन
संसार हरियो देखेर
तथास्तु भन्छन
भजनेहरु पाउमा शिर राखी
महाराजको आशीर्वाद थाप्छन
भक्तहरु दाहिना भएको देखेर
महाराज जँुगाामा ताउ लाउँछन
र फिस्स हाँस्छन ।
दम्पतिहरु
उल्टाउन आतुर छन नसच्छेदन
पुनः गर्भवती भै
भष्मासुर जन्माउन ।
भष्मासुरको हात
तिम्रो पापी शिरमा राख्नै छ
बनाउनु छ खरानी तिमीलाई
र गाउनु छ गीत
उन्मुक्त जिन्दगीको ।