शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल टेलिकम सुरुंगा शाखाका सहायक लेखा अधिकृत दिलिप सुवेदी वेपत्ता

आइतवार, भदौ ३१, २०८०

झापा । नेपाल टेलिकम सुरुंगा शाखाका सहायक लेखा अधिकृत दिलिप सुवेदी (प्रतिक) शनिबार बिहान देखि वेपत्ता भएका छन् ।

सुवेदीको घर बिराटनगर हो । उनी टेलिकमको सुरुंगा शाखामा गत बैशाखदेखि कार्यरत थिए । सुवेदी बेपत्ता हुनु अघि ८ बजेर ४५ मिनेटसम्म परिवारसंग सम्पर्कमा रहेको जनाईएको छ।

ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी सुरज कार्कीले सुवेदीको खोजी कार्य भईरहेको जानकारी दिनुभयो । अनुसन्धानका लागि सुवेदीको कल डिटेल रेकर्ड ( सिडिआर) माग गरिएको प्रहरीले जनाएको छ । सुवेदीले प्रयोग गरेको मोबाईल स्विच अफ छ ।
सहायक लेखा अधिकृत सुवेदी हाल निमित्त प्रमुखको जिम्मेवारीमासमेत रहेका थिए ।

सम्बन्धित खबर