Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान शुरू
बिहिवार, फागुन २१, २०८२
काठमाडौं, २१ फागुन । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान शुरू भएको छ ।
सोही मतदान बिहीबार बिहाज ७ बजेदेखि देशैभरी एक साथ शुरु भएको हो । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको हो । निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन् । समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाईएको छ । देशभरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता मत खसाल्न योग्य रहेको आयोगले जनाएको हो ।
देशभरी १० हजार ९ सय ६७ मतदानस्थल, र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ । चुनाव गराउन ५ लाख ५६ हजार कर्मचारी र सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । २ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी र ३४ हजार ५ सय ७६ जना सशष्त्र प्रहरी चुनावको लागि खटाइएको छ ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनको परिणाम स्वरुप तात्कालिन संसद विघटन भई प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन लागेको आयोगले जनाएको हो । निर्वाचन आयोगले बिहीबार साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।