Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
देशभर ३ बजेसम्म ७४ लाख मत खस्यो
बिहिवार, फागुन २१, २०८२
काठमाडौँ, २१ फागुनः दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ७४ लाख १४ हजार १ सय १ मत खसेको छ । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ ।
सबैभन्दा बढी कोशीमा ५८ प्रतिशत अर्थात १३ लाख ५९ हजार ८ सय १६ मत खसेको छ । त्यस्तै सबैभन्दा मत लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा १३ लाख ६७ हजार ९ सय ६६ मत खसेको छ ।
१५ निर्वाचन क्षेत्र रहेको उपत्यकामा ५१ प्रतिशत अर्थात ६ लाख २४ हजार ९ सय ३४ मत खसेको छ । उपत्यकाको कुल मतदाता संख्या ११ लाख ८५ हजार ३ सय ७४ रहेको छ ।