बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

 

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन् ।

सम्बन्धित खबर