Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
इटहरीमा साँढे गोरुको मृत्यु, हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार
मङ्गलवार, असोज २, २०८०
इटहरी । इटहरीमा साँढे गोरुको मृत्युपछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ । केही समय अगाडि इटहरी-१२ खनारमा दुर्घटनामा घाइते भएर मृत्यु भएको गोरुको दाहसंस्कार गरिएको हो ।
एक महिना अघि दुहबीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर उक्त साँढे गोरुलाई घाइते बनाएको थियो ।सो घाइते साँढे गोरुको उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए। खनारका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मिलेर साँढेको रेखदेख गर्दै आएका थिए ।
गाडीको ठक्करबाट कम्मर भाँचिएको साँढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साँढेको मृत्यु भएको हो।
मृत साँढेलाई खनार स्थित बुढी खोलामा खाल्टो खनेर पुरिएको छ। हिन्दु धर्मको मृत्यु संस्कार अनुसार अन्त्येष्टि गरिएको साँढेको मलामीमा स्थानीय बासिन्दा र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
मृत्यु भएको मानव मात्र हैन हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको शवको सम्मान होस भनेर यस्तो गरेको इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेले बताउनु भयो ।