सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

भोजपुरमा बदर मत न्यून

सोमवार, फागुन २५, २०८२

भोजपुर, २५ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन् । प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो सङ्ख्या कूल मतको ६ दशमलव ७२ प्रतिशत हो ।

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिन्हमा मत सङ्केत गरिएको सङ्ख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ । एक भन्दा बढी चिन्हमा सङ्केत गरेको मत कोटाभित्र स्पष्ट रुपमा लगाइएको पाइएको उहाँको भनाइ छ ।


निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उहाँले बताउनुभयो । जिल्लामा कूल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए । समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा ध्रुवराज राई (श्रम संस्कृति पार्टी) १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शेरधन राई (नेकपा एमाले) ले १४ हजार ७५० मत प्राप्त गर्नुभएको थियो ।

सम्बन्धित खबर