Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राष्ट्रिय लिग फुटबलमा आज दुई खेल हुँदै
मङ्गलवार, फागुन २६, २०८२
काठमाडौं, २६ फागुन। एन्फा राष्ट्रिय लिग फुटबलमा मंगलबार दुई वटा खेल हुँदैछन् ।
दुबै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुने भएका हुन् । मंगलबार मध्याह्न सवा १२ बजेदेखि शुरु हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र चित्लाङ एफसीबीच प्रतिपर्धा हुने भएको छ। ९ खेलमा ९ अंक जोडेको मनाङ अहिले तालिकाको ११औं स्थानमा रहेको छ । मंगलबारको खेलमा चित्लाङलाई पराजित गरेमा मनाङलाई आठौं स्थानमा उक्लिने अवसर छ । उता मनाङलाई पराजित गरेमा चित्लाङ नवौं स्थानमा उक्लिने भएको हो । हाल ९ खेलमा ७ अंक जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा रहेको छ ।
मंगलबार दिउँसो ४ बजेदेखि हुने दोस्रो खेलमा पुछारको नव जनजागृति क्लबले मछिन्द्र क्लबसँग सामना गर्ने भएको हो । मच्छिन्द्र हाल ८ खेलबाट १९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । सोही खेल जितेको खण्डमा मच्छिन्द्र शीर्ष स्थानमा उक्लिने भएको हो । नव जनजागृति भने लिगमा पहिलो अंकको खोजीमा रहेकोवछ ।