बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउँदै

बुधवार, फागुन २७, २०८२

काठमाडौँ, २७ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम २०८२ चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ (पहिलो निर्वाचित हुने) प्रणालीको मतपरिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो । 

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोगले सम्पूर्ण तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनीतिक दलले समानुपातिक मत प्राप्त गरेका छन् । तर एक करोड छ लाख ७३ हजार १९८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ११ हजार ३९७, नेपाली कांग्रेसले १७ लाख ३५ हजार २७१, नेकपा (एमाले) ले १४ लाख ४२हजार ५९९ र नेपाली कम्युनिस्ट पार्टीले सात लाख ९४ हजार ४१७ मत प्राप्त गरेका छन् । 

श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार  ६५३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ६५५ मत प्राप्त गरेका छन् । यी छ दलले मात्रै समानुपातिक मतको न्यूनतम आवश्यक मत (थ्रेसहोल्ड) हासिल गर्ने छन् । अन्य दलले हालसम्म प्राप्त गरेको मत सङ्ख्या र गणना गर्न बाँकी रहेको मत सङ्ख्याको अनुपात अनुसार उनीहरूले न्यूनतम तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सक्ने छैनन् । किनकि छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले हालसम्म एक लाख ७३ हजार ७८ मत मात्र प्राप्त गरेको छ । अहिलेको मतपरिणाम अनुसार थ्रेस होल्ड कटाउन करिब तीन लाख १५ हजार मत ल्याउनुपर्ने छ । अब करिब चार लाख मात्र मत गणना गर्न बाँकी छ । यस पटक समानुपातिकतर्फ ४७ वटा दलले भाग लिएका थिए । 

प्रत्यक्षका १६५ सिटकै घोषणा 

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा १६५ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको हो । 

घोषित परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचन प्रणालीतर्फ १२५ सिटमा विजय हासिल गरेको छ । 

नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) नौ सिट र नेपाली कम्युनिस्ट पार्टीले सात सिटमा विजय हासिल गरेका छन् । श्रम संस्कृति पार्टीले तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जित्दा र स्वतन्त्रतर्फ पूर्वशिक्षामन्त्री महावीर पुन निर्वाचित हुनुभएको छ । 

धनुषा क्षेत्र नं. १ को घोषित परिणामको निरूपण भने सर्वोच्च अदालतबाट हुने भएको छ । निर्वाचन आयोगले फागुन १८ गते रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीको निर्णय गरेपछि घण्टीमा आएको मत बदर हुने निर्णय गर्दै मतगणना गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार फागुन २९ गतेलाई पेसी तोकेर आयोगको निर्णयको सक्कलसहित दुवै पक्षलाई बोलाएको छ । 

सम्बन्धित खबर