काठमाडौँ, २७ फागुन : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुईहजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ ।



