Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु
शुक्रवार, फागुन २९, २०८२
तालिबान, २९ फागुनः अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरहरूलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ।
दुई छिमेकी मुलुकबीच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो। सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानहरूले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’ सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिनुभयो।
उहॉंका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानहरूलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो।
यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। पछिल्ला हप्ताहरूमा पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एकअर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। काबुलले सीमाक्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप आफ्ना बलहरूले पाकिस्तानी चौकीहरूमा प्रहार गरेको बताउँदै आएको छ।