Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा डकर्मी सीप अभिवृद्धि तालिम सुरु
बिहिवार, असोज ४, २०८०
झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताउनु भयो । कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उहांले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गर्नु भयो ।यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राख्नु भयो । उहांले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमासमेत सुक्ष्म तरिकाले हेर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गर्नु भयो ।तालिममा विशेषगरि भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । आज देखि ६ दिन सन्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् ।कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ्ग, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन संग्रौलाको पनि उपस्थिति रहेको थियो ।