Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध
शनिवार, फागुन ३०, २०८२
हिले, ३० फागुन। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरीरहेको जनाइएको छ।
सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।
यो स्थान भेडेटारबाट करिब २.५ किलोमिटर दुरीमा रहेको छ। पहिरो हटाउन पहल भइरहे पनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि पहिरो निरन्तर झरी रहेकाले कार्यमा ढिलाइ भएको छ।
अध्यक्ष राईले यात्रुहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न सल्लाह दिनुभयो, जसमा डाँडा बजार–बुढीमोरङ–मुलघाट तथा राजारानी–केराबारी मार्ग समावेश छन्।